Employement Opprotunity

प्रधानमन्त्री रोजगार कार्य`क्रम अन्त`र्गत २ लाख लाइ रोजगारी

काठमाडौँ , १६ भदौ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्त`गत न्युनतम सय दिनको अवधिको लागी सरकारले २ लाख बेरोजगारलाई रोजगारी दिने तयारी थालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा बेरोजगार लाई सय दिनको काम लगाएर रोजगारी दिने भएको हो !

उनका अनुसार सरकारले बेरोजगारलाई प्रधानमन्त्री रोजगार कार्य`क्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनि`योजन गरेको र घरप`रिवारको कोही पनि सद`स्य रोजगार नभएको अवस्थामा प्रधान मन्त्री रोजगार का`र्यक्रम अन्तर्गत सय दिनका लागी रोजगार दिइनेछ ।

सरकारले चालू आवमा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्य क्रम मार्फत ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाखलाई रोजगारी प्रदान गरिनेछ । स्थानीय तहबाट छनोट गरिएकाहरुले मर्मत सम्भार आयो`जना र सामुदायिक पूर्वाधारका २० आयोजनामा श्रम गर्नेछन् ।रोजगारीको अवसर सिर्जना गर्न, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्न र स्थानीयको पूर्वाधारमा निर्माणमा अपनत्व बढाउन उक्त का`र्यक्रम ल्याइएको निर्देशक घिमिरेको भनाई छ । उनका अनुसार सय दिनको रोजगारीले वर्षभरि बेरोजगारलाई खाना र बस्न पुग्नेछ ।

एक जनाले दैनिक ५१७ रुपैयाँ बराबरको श्रम गर्नेछन् । तीन महिना भन्दा कम खाना लगाउन नपुग्नेलाई उक्त कार्यक्रममा समावेश गरेर सय दिनको रोजगारी दिइने सरकारको तयारी छ ।कार्यक्रमका लागि स्थानीय तहले तयारी गरिर`हेका छन् ।रोज`गारीका लागि बेरोजगारले स्थानीय तहको आफू बसेको वडामा निवेदन दिनुपर्ने छ र सोही निवेदनका आधारमा स्थानीय तहको कार्यपालिकाले विपन्न, आर्थिक अवस्था कमजो`रलाई छनोट गर्ने र छनोटमा परेकालाई कार्यक्रम मार्फत सय दिनको रोजगारी दिइने छ ।

गत असार सम्ममा ७५३ स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा तीन लाख ८३ हजार ५९५ जना बेरोजगार व्यक्ति सूचीकृत गरिएको छ । नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको छ । सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारीसमेत भएको छ ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रम र बजेट मार्फत सार्वजनिक विकास निर्मा`णका कार्यमा रोजगारीका अवसर सिर्जना गरी आगामी ५ वर्षभित्र कुनै पनि नेपाली नागरिकले बाध्य`ताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्या`भूति मार्फत रोजगारीको हक कार्या`न्वयन गर्ने उद्देश्यले सर`कारले आव २०७५/७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो ।गत आर्थिक वर्षमा ८२ हजार ६३८ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगा`री पाएका थिए ।

Related Articles

Back to top button
Close