Lifestyle/ Health

कोरोनाभाइरस: थप १६ जनाको नमुना परीक्षण, कसैमा देखिएन सङ्क्रमण !

कोरोनाभाइरस परीक्षण गर्न विश्वभरि पीसीआर विधि प्रयोग गरिन्छ राजधानीस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो परीक्षणमा पनि कसैमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको बताएको छ।रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शपछि कोभिड-१९ को परीक्षण गर्न प्राप्त २५ वटा नमुनामध्ये १६ वटामा कोरोनाभाइरस नपाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए। नौवटाको परिणाम आउन बाँकी छ।

उनका अनुसार बुधवार बिहानसम्म १६ वटा नमुनाको रिपोर्ट “नेगेटिभ” आएको हो। उनका अनुसार अधिकांश नमुना इटली र चीनबाट आएका विदेशी नागरिकका हुन्।यसअघि ४९६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैको रिपोर्ट सामान्य आएको थियो। केही हप्ताअघि सङ्क्रमण भएको पुष्टि भएका एक युवक अहिले स्वस्थ भइसकेको अधिकारीहरूले बताएका छन्।उनी चीनबाट नेपाल फर्किएका थिए।

अहिले कति नमुना आउँछन्?
नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित भए नभएको परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र हुन्छ।सूचना अधिकारी गुप्ताका अनुसार दुई दिनयता परीक्षणको प्रयोगशालामा पठाइने नमुनाको सङ्ख्या बढेको छ।यसअघि २०-२५ वटा नमुना आउने गरेकोमा दुई दिनदेखि दैनिक सरदर ४०-५० वटा आउने थालेको उनले बताए।

पीसीआर विधिद्वारा गरिने परीक्षणमा पाँच विशेषज्ञहरू खटिएका छन्।सूचना अधिकारी गुप्ताले दैनिक ८०० वटा नमुना परीक्षण गर्न सक्ने जनशक्ति तयार रहेको जानकारी दिँदै आवश्यकताअनुसार त्यो परिचालन गरिने बताए।उनका अनुसार चाप हेरेर दैनिक दुईवटा तालिका निर्धारण गरेर पनि जनशक्ति परिचालन गर्ने प्रयोगशालाको योजना छ।

Related Articles

Back to top button
Close