Science & Tech News

विद्यार्थी र शिक्षकलाई ५०० रुपैयाँमा ३५ जीबी डाटा दिँदै टेलिकम

काठमाण्डौ – को’रोना म`हामा`रीको बेला अनलाइन माध्य`म मार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गजाइजेशन नेपाल प्या`ब्सन बीच सम्झौता भएको छ ।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८गते सम्झौ`ता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धान कर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबार देखि विद्यालय स्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सन `सँग सम्झौता भएको हो ।

यो प्याकेजका प्रयोग`कर्ताले तीन सय १५ रुपैयाँ`मा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम (Zoom), माइक्रोसफ्ट टिम्स (Microsoft Teams) र गुगल मीट (Google Meet) मा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३०जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। ह्या`प्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

सम्झौताअनुसार नेपाल टेलिकमको ‘ह्या`प्पी लर्निङ प्याक’ प्रयोग गर्नका लागि प्याब्सनले सम्पूर्ण विद्यालयहरुलाई अनुरोधसहितको जानकारी पठाउने छ। जानकारी प्राप्त भएपछि विद्यालयहरुले प्याकेज प्रयोग गर्नका लागि आफ्ना विद्यार्थीहरुको मोबाइल नम्बरको सूची इमेलमार्फत पठाउनु पर्नेछ । विद्यार्थीहरुले कलेजको सहायता विना नै आफै नेपाल टेलिकमको वेबसाइट NTC WEB मा गएर आवश्यक विवरण लेखी ह्याप्पी लर्निङ प्याक लिनका लागि दर्ता गर्न सक्ने छन् ।

Related Articles

Back to top button
Close