Interesting

नेपालकै यो ठाउँमा एक व्यक्ति जन्मे देखि १८ वर्ष सम्म सुते`को सु`त्यै, सत्य थाहा पाउँदा सबैको होस उ`ड्यो

काठमाडौं । पर्वतको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेने`इटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् ।

उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफैँ खान समेत सक्दैनन् । सहज रूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ ।शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्प`तालमा पुर्याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताइन् ।

“नेपालका सबै ठाउँमा पुर्यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँ`दो अवस्थामा रहेको शरीर कुरेर बस्नु`को विकल्प भएन”, सुवेदीले भनिन् ।शारीरिक`रूपमा वृ`द्धि भए पनि हात`खुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढो`जस्तै चौबिसै घ` पल्टाएर वा ह्वि`लचियरमा ठडा`एर राख्ने गरिएको छ ।आर्थि`क अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको सन्दीपका बाबु कृष्णप्र`सादले गुना`सो गरे ।

सुवेदी परि`वारका अन्य दुई सन्तान भने सपाङ्ग नै छन् । “रोग लागेदेखि नै उपचार बाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्ना`इस भएन”, आमा कल्पनाले रुँदै भनिन्, “न धन बच्यो, न सपाङ्ग नै भयो ।”देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परि`वारका सदस्य पिरो`लिने गरेका छन् । उनलाई खुवाउने, दिसा पिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ ।

आमा`बाबुले रात र दिन आलो`पालो गरी स्या`हारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उप`चारको अर्को प`द्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच रहेको उनीहरुको छ ।“अब त निको होला भन्ने आश पनि म`रि`सक्यो”, कल्पना`ले भनिन्, “यही अवस्था`मा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।” भगवान्ले पनि आफ्नो जस्तो गरिब परिवारमा बज्र`पात पारिदिएको क`ल्पनाको दुखेसो छ ।

Related Articles

Back to top button
Close