International NewsNews

भर्खरै कतार बाट आयो खुसीको खबर पुरा हेर्नुहोस

काठमाडौं- कतारले श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। त्यस्तै रोजगारदाता समेत परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ।रोजगारदाता मन नपरेको अवस्थामा आप्रवासी श्रमिकहरुले बिनाअनुमति रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो।त्यस्तै कतारले न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल बनाएको छ। खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित जोड्दा श्रमिक ले न्यूनतम १ हजार ८ सय रियाल पाउँछन्।

यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने बताइएको छ। Other news::: १६ भाद्र, चितवन– चितवनमा जिल्ला का अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको हिजो मृत्यु भएको छ ।चितवनका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु

भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ ।भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो । बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो ।

त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो । दिउँसो साढे २ बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताउनुभयो ।भर`तपुर–११ कै अर्का एक १८ वर्षकी युवती सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको ३ बजे मृ त्यु भएको हो

Related Articles

Back to top button
Close