News

खुशीको खबर : सुत्र समेटेर मेमोरी किंग विजय शाहीले ल्याए यस्तो किताब

काठमाडौं । बिश्वभर आफ्नो नाम राख्न सफल मेमोरी किंगले परिचित तथा सान कलेजका भूतपूर्ब बिधार्थी विजय शाहीले नयाँ किताब ल्याएका छन् । सबैलाई सुत्र दिन्छु भनेर किताब ल्याएपछि अहिले सामाजिक सञ्जालमा अनेक चर्चा भइरहेका छन् ।

उनले फेसबुकमा लेखेका छन, ‘सम्पुर्ण नेपाली आमाबाबु, दाजुभाइ अनि दिदिबहिनीमा म विजयी शाहीको नमस्कार । आज म एकदमै खुसी छु । किनभने धेरै समयको मेहनेतले आज मैले स्मरण शक्ति बढाउन सहयोग गर्ने मेमोरी इम्प्रुमेन्ट नामक किताब निकालेको छु । केही समय पछि उक्त किताब बजारमा सर्बत्र उपलब्ध गराउने छु । धन्यवाद ।’

तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही एक समय निकै चर्चामा आएका थिए । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ । उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई भएको थियो । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् ।

एक मिनेटमै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएको बताएका थिए । शाहीले एक मिनेटमा अगाडि र पछाडिबाट ७० शब्द सम्झिएर भनेपछि भारतका प्रतियोगीलाई पछि पार्दै यसअघिका विश्वकीर्तिमानी भारतका सागर भुजीलाई पछि पारेका हुन् ।

यसभन्दा अगाडि स्मरणशक्तिको एउटा इमेभन्टमा झापाका अर्पण शर्माले गिनिज बुक रेकर्डमा नाम लेखाएका थिए । काठमाडौंको होटल अन्नपूर्णमा एक समारोह आयोजना गरेर शाहीलाई प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । उनले च्याम्पियन बुक अफ वर्ल्ड रेकर्डको उपाधि पाएका छन् ।

Related Articles

Back to top button
Close