Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक संक्रमित भेटिए

मंगलबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं उपत्यकामा तीन जिल्लामा ४८१ संक्रमित फेल परेका छन् ।

आज भेटिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ३९३ भक्तपुरमा ३० र ललितपुरमा ५८ जना रहेका छन् ।

यसअगाडी भदौ १४ गते काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित भेटिएका थिए भने भदौ १२ गते ४१५ र ११ गते ३७७ संक्रमित भेटिएका थिए । आज भेटिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो ।

दैनिक उच्च संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि उपत्यकामा गरिएको निषेधाज्ञा के गर्ने भन्नेबारेमा केही निर्णय गरिएको छैन । भाद्र ३ गतेदेखी जारी गरिएको निषेधाज्ञाको अवधि भोलीदेखि सकिँदैछ । निषेधाज्ञा लागू गरेतापनि संक्रमितको संख्या नघटेपछि नीजि क्षेत्रले मान्छेलाई घरभित्र थुनेर मात्रै समाधान नहुने बताइसकेको छ ।

Related Articles

Back to top button
Close