Economic News

फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार फेरि सुनको मूल्य बढेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ९ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close