Corona (COVID-19) Updates

नेपालमा कोरोना संक्र`मण र मृ`त्यु दर बढेपछी चीनले लियो चासो,

काठमाडौं, १५ भाद्र । नेपालमा कोरोना भाइरसको संक्र`मित र मृतको एकै दिन उच्च सं`ख्या थपिए पछि अन्तर्राष्ट्रिय चासो समेत बढेको छ । आइतबार एकै दिन १२ सय २१ संक्रमित थपिंदा १४ जनाको मृ`त्यु पु`ष्टि भएको थियो । यो अहिलेसम्मकै एकै दिनको सर्वा`धिक सं`ख्या हो ।

नेपालमा कोरोना संक्र`मित र मृ`तकको सं`ख्या ह्वात्तै बढ्न थालेपछि चीनले पनि चासो देखाएको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजकि गर्ने ग्लोबल टाइम्सले नेपालको कोरोना संक्रमितको वृद्धिदर बारे खबर प्रकाशित गरेको छ । सि`न्ह्वाको समाचारलाई ग्लोबल टाइम्सले प्रकाशित गरेको हो ।

खबरमा नेपालमा कोरोना संक्र`मितको वृद्धि दर र मृ`तक संख्याको तथ्यांक दिइएको छ । अहिलेसम्म २ सय २१ को संक्र`मणबाट मृ`त्यु हुनाको साथै ३८ हजार ५ सय ६१ जना संक्र`मित भएको उल्लेख छ ।

Related Articles

Back to top button
Close