Hot News

एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि स्थगित

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ।उपप्रधानमन्त्री पोखरेलले बीबीसीलाई भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर हामीले निर्णय गरेका छौँ।”अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने उनले बताए।

एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो।बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो।कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो।सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो।

‘कोरोनासँग लड्न नेपाललाई के-के चाहिन्छ सबै पठाउँछौँ’: चीन

काठमाडौँ – चीनबाट शुरु भएर विश्वव्यापी रुप लिएको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ। छिमेकि मुलुक भारत सहित विश्वका १ सय ५० भन्दा बढी मुलुकमा कोरोना देखिएको अवस्था छ। कोरोना भाइरसको जोखिममा रहेको नेपाललाई छिमेकी चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। कोरोना विरुद्ध लड्न आवश्यक सबै सहयोग उपलब्ध गराउन चीनले प्रतिवद्धता व्यक्त गरेको हो। चीन सरकारले चिनियाँ दूतावासमार्फत एक पत्र पठाएर नेपाललाई आवश्यक सम्पूर्ण सहयोग गर्न चीन सरकार तयार रहेको र के-कस्तो सहयोग चाहिन्छ भनेर प्रश्न समेत गरेको छ।

परराष्ट्र मन्त्रालयलाई पठाइएको पत्रमा कोरोना संक्रमणले नेपालको अर्थतन्त्र तथा जनजीवनमा प्रभाव पारेको उल्लेख गर्दै चीनले नेपाललाई सबैखाले सहायता दिन तयार रहेको जानकारी गराइएको छ। पत्रमा चीनबाट नेपालले के-कस्ता सहयोग अपेक्षा गरेको छ भनेर सोधिएको छ। नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउन चीन सरकार तयार रहेको पनि पत्रमा उल्लेख गरिएको बताइएको छ। यस्तै चीनले कोरोना भाइरस संक्रमण अन्त्य भएसँगै नेपाल भ्रमण गर्ने पर्यटक पनि पठाउने चीनले प्रतिवद्धता व्यक्त गरेको छ

Related Articles

Back to top button
Close