Thoughts

कुलमानलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार, प्रधानम’न्त्री ओली सकारात्म’क !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिनेगरि विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पारेका छन् । यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । तर, उनको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि उनलाई निरन्तरता दिन सकारात्मक देखिएका छन् ।

यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले घिसिङलाई निरन्तरता नदिने संकेत गरेका थिए । उनले सामाजिक सञ्जालले घिसिङलाई नियुक्ती दिएको भए अर्कै कुरा नत्र सरकारले नियुक्त गरेको छैन भन्ने जवाफ दिएका थिए ।

स्रोतकाअनुसार उर्जामन्त्री पुनले यसअघि घिसिङको बारेमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि परामर्श गरेका थिए । दाहाल त सुरुदेखि नै घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने पक्षमा छन् । पुनले पनि दाहालकै निर्देशनबमोजिम घिसिङलाई निरन्तरता दिनेगरि प्रस्ताव तयार पारेका छन् । आज मन्त्रिपरिषदको बैठक बसिरहेको छ । सम्भवतः आजकै बैठकमा घिसिङलाई निरन्तरता दिनेबारे प्रस्ताव लगिएको स्रोतको दाबी छ ।

कुलमानलाई सरकारले निरन्तरता दिन नचाहेको भनेर सरकारविरुद्ध सामाजिक सञ्जालमा चर्चा तथा परिचर्चा भएपछि स्वयम घिसिङले सरकारको बचाउ गरेका थिए । घिसिङले प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युतभार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका थिए । उनले विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताएका थिए।

घिसिङलाई निरन्तरता दिनको लागि विभागीय उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनपनि सकारात्मक देखिएका छैनन् । उनले अहिलेसम्म क्याविनेटमा त्यसबारेमा प्रस्ताव नलगेको स्वयम सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले स्प्ष्ट पारिसकेका छन् ।

घिसिङले हिजो (बिहीबार) एक विज्ञप्ती जारी गरेर भनेका थिए,“विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् ।”

स्रोतकाअनुसार घिसिङले आफू नै प्राधिकरणको कार्यकारी निर्देशक हुनेगरि लविङपनि सुरु गरेका छन् । यसका लागि उनले आफ्ना नजिकका मान्छेहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीकहाँ पठाएका छन् । उनले एक कार्यकाल आफूले काम गर्न चाहेको सन्देश प्रवाह गरेका छन् । श्रोत रिपोटर्सक्लब नेपाल

Related Articles

Back to top button
Close