News

मंगलबार देखि यी देशहरुमा हुँदैछ नियमित उडान

काठमाडौँ / अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन ।

विश्वव्यापी म’हामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तरराष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ ।कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको ब’न्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाले ठिक पाँच महिना व्यवसायिक उडान भएनन् ।

गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र त्यसपछि साउनको अन्तिम सातादेखि भदौँ १७ सम्म नि’षेधाज्ञा थपिएको छ । राजधानी काठमाडौँसहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले नि’षेज्ञाज्ञा जारी गरेको हो ।

यस बीचमा विदेशमा अलपत्र नेपालीको उ’द्धार र कार्गोका लागि सीमित उडान भए । बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदैछन् ।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ ।पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् ।

नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताए ।

उनका अनुसार अन्तरराष्ट्रिय उडान हुने भएपनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै नि’ष्कर्षमा पुगिएको छैन । नियमित अन्तरराष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जु’टेको छ । त्यसोत, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।सरकारले स’हजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो ।

दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मा’पदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रो’टोकल लागू गरेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सा’वधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिए ।विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उनले बताए। विमानस्थलमा सामान्य अवस्थामा अन्तरराष्ट्रिय उडानतर्फ दैनिक १२ देखि १५ हजार यात्रु आ’वत जावत गर्थे । अन्तरराष्ट्रियतर्फ आवागमन र प्रस्थान दुबै गरी दैनिक ७० देखि ९० सम्म उडान हुन्थे ।

त्यस्तै आन्तरिकतर्फ ३०० भन्दा बढी उडान हुने गरेको थियो । अहिले नियमित अन्तरराष्ट्रिय उडान दैनिक दुईदेखि तीन वटा मात्रै हुनेछन् । चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक ज’नशक्ति र स्रोत सा’धनको प्रयोग गर्ने जनाएको छ ।अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रो’टोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् ।यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलले आवश्यक स्वास्थ्य मापदण्डका आधारमा विमानस्थलमा ख’टिने कर्मचारीलाई, पिपिई, मास्क, स्या’निटाइजरको व्यवस्था गरिएको छ ।

Related Articles

Back to top button
Close