Economic News

साताको पहिलो दिन नेपालमा तोलाको यति धेरै बढ्यो सुनको मुल्य

काठमाडौं । साताको पहिलो दिन नेपालमा सुन तोलाको तीन सयले बढेको छ । नेपाली बजारमा सुनको मूल्य तलमाथि भैरहने क्रमले आइतबार समेत निरन्तरता पाएको हो । शुक्रबार घटेको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाली बजारमा आइतबार छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो । त्यसैगरि चाँदीको मूल्य आइतबार स्थिर छ । आइतबार चाँदी एक हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Related Articles

Back to top button
Close