News

सिनेमा हल, डान्सबार बन्द : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह सहित कोरोना रोक्ने सरकारका १५ कदम (विज्ञप्ती सहित)

काठमाडौं, ५ चैत । कोरोना भाइरस ९कोभिड १९० को रोकथाम र नि य न्त्रण का लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय सहित १५ गते निर्णय गरेको छ।उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन र सार्वजनिक सवारी साधनमा पनि सिट भन्दा बढी ब्यक्ति नराख्न पनि अपिल गरेको छ कोरोना भाइरस रोकथाम तथा नि य न्त्र ण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको हो।

‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने’ निर्णय गरेको हो। यसको अनुगमन गृह मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना मन्त्रालयले गर्ने बैठकले निर्णय गरेको छ। त्यस्तै चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको छ । ‘चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रुपमा सम्पन्न गर्ने’, बैठकपछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुमा पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’

यस्तै सरकारले अत्यावश्यक काम बाहेक घरबाहिर आवतजावत र हिँडडुल नगर्न आग्रह गरेको छ। त्यस्तै सरकारले सामाजिक तथा सांस्कृतिक र अन्य तयस्तै कार्यहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला नगर्न आग्रह गरेको छ। सरकारले गरेका निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ।

चीनको वुहानवाट सुरु भएको कोरोनाको प्रभाव अहिले विश्वब्यापी रुपमा परेको छ । नेपालमा भने अहिले सम्म कोरोनाका रोगी फेला परेका छैनन् । तर विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि खतराको सूचीमा राखेको छ । विश्व स्वास्थ्य संगठनले पूर्वी एसियाका मुलुकमा अब कोरोनाको खतरा रहेको भन्दै सतर्क रहन सचेत गराएको छ । कोरोना नदेखिएका मुलुकमा पनि ढुक्क भएर नबस्न र कोरोना भित्रन नदिन संवेदनशिल हुन आग्रह गरेको छ । अहिले कोरोना युरोपका मुलुकमा तिब्र रुपमा फैलिएको छ ।

Related Articles

Back to top button
Close