Corona (COVID-19) Updates

सरकारले घटायो पीसीआर परीक्षणको मूल्य,अब कति मूल्यमा कोरोना परिक्षण गर्न पाइने?

सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । सहायक प्रवक्ता अधिकारीका अनुुसार अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैबिच नेपालमा आज कोरोनाबाट ४ महिला र १० पुरुष गरेर १४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २१ जना पुगेको छ ।

नेपालमा आज अहिलेसम्मकै सर्वाधिक १२ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । कुल संक्रमितमध्ये हाल १७ हजार ५ सय १८ वटा सक्रिय केशहरु छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २०८२२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै आज काठमाडौँ उपत्यकामा आज ४ सय २९ जना संक्रमित थपिएका छन् ।

जसमध्ये आज काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ तथा भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close