Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण

काठमाडौँ — काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यकाका ३ जिल्लामा ४२९ जना संक्रमित फेला परेको जानकारी दिएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३७२, ललितपुर १२ र भक्तपुरमा ४५ जना संक्रमित भएको जनाए ।
२४ घन्टामा १२ हजार ७ सय १७ पीसीआर परीक्षण गरिएको उनले बताए ।

Related Articles

Back to top button
Close