Thoughts

कुलमान घिसिङ लाई नै दोहोर्‍याउन प्रस्ताव लान्छु – उर्जा मन्त्री

काठमाडौं, भदौ १४ । नेपाल विद्युत प्रा`धिकरणका कार्यकारी नि`र्देशक कुलमान घि`सिङ दोश्रो कार्यकालका लागि दोहोरिने भएका छन् । भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई दाेहोर्याउन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तयारी थालेका छन् ।

घिसिङले नेपालमा लोड सेडिङ अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर विद्युतको कुसल व्यवस्थापन गर्दै आएका छन् । उर्जा मन्त्री पुनले भने- ‘उहाँको कार्यकाल अझै केही दिन बाँकी नै छ । भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव लादैछु । त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उहाँ दोश्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ ।’

घिसिङलाई दाेहाेर्याउने वि`षयमा मन्त्री पुनले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरेका छन् । सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउन आवाज उठिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका थिए । तत्कालिन प्रधानमन्त्री प्रचण्डले छिमेकी भारतबाट विजुली आयात गर्न एथेष्ट बजेट विनियोजन गर्न स्वीकृति दिएको, नीजि क्षेत्रबाट निर्माणाधिन केही परियोनाहरु सम्पन्न भएको र चुहावट भईरहेको विद्युतको अनुपात घटाउने लगायतका कदमका कारण तत्कालिन सरकारले औ द्योगिक क्षेत्र बाहेकको लोडसेडिङ हटाएको थियो ।

औद्योगिक क्षेत्रमा विद्युतको निय`मित आ`पुर्ति गराएर देशभर लोडसेडिङ मुक्त बनाएको भने वर्ततमान सरकारले हो । कार्यकारी निर्देशक घिसिङको कार्यकालमा केही राम्रा कामहरुको थालनी भएको छ भने केही प्रश्नहरु उनीमाथि समेत तेर्सिएका छन् । घिसिङको कार्यशै`लीलाई लिएर कतिपय विषयमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएको यसअघि सार्वजनिक भईसकेको छ ।

घिसिङ को कार्यकालमा के के काम भए ?

घिसिङ २०७३ भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन । उनी नियुक्त हुनुअघि मुुुलुुकमा १८ घण्टा लामो लोडसेडिङ थियो । डेडिकेट फिडरका नाममा उद्योगधन्दालाई विद्युत दिने तर आम उपभोक्तालाई अन्धकारमा राख्ने परिपाटीमा आमूल परिवर्तन गर्दै उनले उद्योगको विजुली काट्ने उपभोक्तालाई उज्यालो दिने रणनीति बनाए ।

नियुक्त भएको २ महिनापछि का`त्तिकको लक्ष्मी पुजाको दिनदेखि काठमाडौं उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेन । अरुले लक्ष्मी पुजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्र पुगे र लोड`सेडिङ हुन नदिन अनवरत खटिरहे । ३१५ मेगावाट सम्मको माग धान्न सफल भए । काममा दत्तचित्त भएर खटिरहने उनको बानिको मन्त्री पुनले समेत प्रशंसा गरेका छन् । जसका परिणाम स्व`रुप विद्यु`तको चुहा`वटमा निक्कै कमि आयो ।

कुलमानले सबै भन्दा पहिला उत्पादन भएको एक चौथाई विद्युत चुहावट हुने गरेकोमा पहिलो वर्षमा तीन प्र`तिशतले घटा`ए । आर्थिक वर्ष २०७२,०७३ मा केन्द्रीय विद्युत प्रणालीमा २५।७८ प्रतिशत वि`द्युत चुहावट थियो । अहिले २०७६र०७७ सम्म आइपुग्दा विद्युत चुहावट १५।१७ प्रतिशतमा सिमित छ ।

उपभोक्ता बढ्दा, चुहावट घट्दा स्व`भाविक हिसावले प्राधि`करणको घाटा कम र नाफा बढि हुन थाल्यो । गत आ`र्थिक वर्षमा मात्रै प्राधिकरणले ११ अर्ब नाफा कमाएको छ । निजि क्षेत्रका विद्युत उत्पाद`कहरुले भने प्राधि`करणले ६ सय ५० मेगा`वाटको हारा`हारीमा उत्पादित वि`जुली सस्तोमा किनेर महं`गोमा बेचेका कारण धेरै नाफा कमाउको प्रतिक्रिया दिने गरेका छन् ।

Related Articles

Back to top button
Close