International News

कोरियाको अस्पतालबाट जिवन मरणको दोषाधमा मृ त्यु संग संङ्घर्ष गर्दै थापा मगर

सउल ईपिएस मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएकी नेपाली चेली कोरियाको अस्पतालबाट जिवन बचाई दिन अनुरोध गरेकी छन। विगत लामो समयदेखी मृ`गौलाको समस्या भोग्दै आएकी उनी अहिले दुवै मृगौला फेल भएर हाल फाजुको ईल्सान अस्पतालमा जिवनमरणको दोषाधमा मृत्युसंग संङ्घर्ष गरेकी छन।

सिन्धुली जिल्ला घर भई हाल दक्षिण काेरियाकाे फाजुमा कृषि क्षेत्रमा कार्यरत नेपाली चेली यमकुमारी थापा मगर बिगत २/३ बर्स देखि मृगौलाकाे समस्या भइ उपचार गराउदै आइराखेकी थिइन ।

यही अगस्ट २४ तारिख अचानक दुवै मिर्गौलाले काम गर्न छोडेर सिकि`स्त भई इल्सान हस्पिटलमा भर्ना भएकी छन। कृषिमा कार्यरत भएकाे र उनले बिगतका दिनहरुमा क`माई गरेकाे रकम पनि खासै नभएकाे कमाएकाे रकम पनि उपचारमा नै खर्च गर्दै आइरहेकाले उनी अहिले आर्थिक समस्यामा परेकि छिन।

https://www.manaslukhabar.com/wp-content/uploads/2020/08/7B24FD98-A854-4FFB-9978-6752EAF51863.jpeg

डाक्टर को सल्लाह अनुसार तुरुन्तै अप्रेसन गरि जिबन भर डाय`लिसिस गर्नु पर्ने अन्यथा बचाउन नसकिने भनाइ आएको हुदा र उपचार खर्चपनी महँगो हुने भएकाले काेरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीब`नीहरुमा सहयोगकाे लागि उनलृ अनुरोध गरेकी छन।

परदेशमा आर्थिक अभावकै कारण कसैलेपनी ज्यान गुमाउनु हुँदैन,परदेशमा आफन्त भनेपनी हामी सबै नेपाली भएकोले सम्पुर्ण कोरियाबाशी नेपालीहरुले सहयोग गरी उनको ज्यान बचाईदिनुहोला। सहयोगको लागी उनको आफ्नै बै`ङ्क खातमा सहयोग गर्न सकिने भएकोले मानवताकै नाताले भएपनी सहयोग गरिदिनुहोला।

सहयोगको लागी : वैङ्क : NH 농협 / खाता नम्बर : 302-1086-7890-41 / खातावालाको नाम : THAPA MAGAR YAM KUMARI

Related Articles

Back to top button
Close