Corona (COVID-19) Updates

खुशीको खबर नेपालको जडीबुटी बाट बन्यो कोरोनाको औषधी ‘अर्कवटी’, १ सय ३५ जनालाई निको भयो

नेपालकै जडीबुटी अनुसन्धानकर्ता आयुर्वेदाचार्यले कोरोना भाइरसको औ`षधी बनाएका छन् । विगत २९ वर्ष देखि जडी`बुटीमा अनुसन्धान गर्दै आएका भैरहवाका आयूर्वेद आचार्य डा. बद्री गौतमले कोरोना भाइरस निको पार्ने आयूर्वेदिक औषधी तयार पारेका हुन् ।नेपालमा पाईने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी अर्कबटी नामक आयूर्वेद आषैधीको गोली तयार पारिएको गौतमले बताए ।

२५ सय वर्ष पहिले ऋषि आत्रैयराज अत्रीले पत्ता लगाएको सुत्र अनुसार श्वासप्रश्वास र पाचन नलीमा आउने समस्यालाई निको पार्न प्रयोग गरिएको जडिबुटीलाई कोरोना विरुद्धको औषधी बन्ने सक्ने भन्दै त्यहि विधि अनुसार औषधी तयार पारिएको उनको भनाई छ । गौतमले व्यक्तिगत १५ लाख रुपैयाँ लगानी गरेर उक्त आयूर्वेद औषधी तयार पारेको बताएका छन् ।

उनले पहिल्यै औषधी तयार पारेको र सरकारी निकायलाई प्रयोग गर्न सुझाव दिएपनि सरकारले यो औषधीबारे कुनै चासो नलिएपछि भारतका केही स्थानमा कोरोना संक्रमितलाई वितरण गरेको उनले बताए ।१ सय ५० कोरोना संक्रमितले यो औषधी सेवन गरेर निको भइसकेको उनले दावी गरेका छन् ।

‘रुपन्देही र भारतका केही स्थानमा गरेर १ सय ५० जना कोरोना संक्रमितले औषधी सेवन गरेका छन्, सबैलाई निको बनाएको छ’ गौतमले भने ।त्यहाँबाट निको भएको जानकारी आएपछि विस्तारै नेपालका सरकारी अस्पतालमा परीक्षणका लागि संक्रमितलाई दिन आग्रह गरेको उनले बताए ।

भिम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा समेत औषधी पठाइएको थियो । तर, मान्यता प्राप्त नभएकाले अस्पतालले औषधी बिरामीलाई दिएन । अहिले भने रुपन्देहीमा समुदाय तहमा कोरोना संक्र मण फैलिएपछि एकाएक अर्क बटीको माग बढेको छ । यो औषधीको प्रयोग गरेमा कोरोनाबाट हुने मृ त्यूदर घ ट्ने र अहिले जस्तो अतालिनुपर्ने अवस्था नै नआएको दाबी उनको छ ।

पछिल्लो दुई साता यता रुपन्देहीमा समुदाय तहमा व्यापक रुपमा कोरोना सं क्रमण फैलिएपछि यो औषधीको माग अत्यधिक बढेको छ । भैरहवामा कोरोना संक्र मित एक जना महिलाले औषधी सेवन पश्चात श्वासप्रश्वासमा सुधार आएको बताईन । भैरहवा स्थित मेडिकल कलेजमा कार्यरत एक महिला कर्मचारीले आफ्ना ६५ वर्षीय श्रीमानले यो औषधी आएपछि धेरै सुधार भएको बताए ।लामो समयदेखि जडिबुटीकै अध्ययनमा लागेका गौतमले यो औषधीको बारेमा आयूर्वेद विभाग र सरकारी निकायलाई जानकारी गराएपनि वेवास्ता गरिएको बताए ।

उनका अनुसार औषधी व्यवस्था विभागमा श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधीका रुपमा दर्ता गर्ने गरि प्रक्रिया अघि बढाइएको छ । उनले ५ प्रकारका जडीबुटी र धातु मिश्रित यो औषधी विभागमा आयूर्वेद औषधीको रुपमा दर्ता भएपछि बैधानिक रुपमा बजारमा ल्याउने बताए ।

भैरहवामा त्रयम्बकम् जडिबुटि सहकारी लिमिटेड स्थापना गरेका गौतमले जडीबुटीबाटै देशलाई समृद्ध बनाउनुपर्छ भन्ने अभियान्ता पनि हुन । २०६८ सालदेखि जडिबुटी सहकारी स्थापना गरेर विभिन्न प्रजातीका जडिबुटिको प्रवद्र्धन र संरक्षण तथा अनुसन्धान गर्दै आएको छ । यो सहकारीले जडिबुटि खेती समेत गर्दै आएको छ । नागरिकन्यूजबाट

Related Articles

Back to top button
Close