Corona (COVID-19) Updates

खुशीको खबर, काठमाडौँमा ह्वात्तै घटे कोरोना संक्रमितको संख्या

काठमाडौं । काठमाडौँमा आज १ सय ५५ जना संक्रमित थपिएका छन् । यसअघि दिनकै ३ सयको हाराहारीमा संक्रमित फेला पर्ने गरेकोमा आज भने १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज ३१३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्

यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ५५५ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन ५५ प्रतिशत हो ६६९६२६ जनाको पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पर्सा, १३ भदौ- विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छस्वास्थ्य मा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो मृतक तीनै जना वीरगञ्ज महा नगरपालिका निवासी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ मृत्यु हुनेमा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र६५ वर्षीयामहिला

रहेका छन्भने वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पता लको आक स्मिक कक्षमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

उहाँले मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयोमृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पिसीआर परीक्षण पोजेटिभ आएको जिल्ला प्रशासन कर्यालयले जनाएको छ । मृतकमा उच्च ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतकमध्ये मुर्ली निवासी ४८ वर्यीय पुरुष एचआइभी पोजेटिभ रहेको प्रशासनले जनाएको छ । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । (रासस)

Related Articles

Back to top button
Close