International News

अमेरिकी जासुसी विमान चीन छिरेर चिनियाँ सैनिकका सबै गतिविधि सबै रेकर्ड गरेर गयो : चीन

एजेन्सी । अमेरिका र चीनबीच फेरि एकपटक तनाव बढेको छ । चीनले २ अमेरिकी जासुसी विमान आफ्नो सीमामा घुसेको आरोप लगाएको छ । चीनको यो आरोपसँगै २ देशबीच फेरि तनाव बढेको हो ।

चीनले ती २ जासुसी विमानले चिनियाँ सैन्य अभ्यासको गोप्य रुपमा रेकर्ड गरेको आरोप लगाएको छ । उक्त घ’टना उत्तरी चीनको सिमानामा भएपनि त्यसको आधिकारिक लोकेशन भने ची’नले दिएको छैन ।

चीनले लगाएको आरोपको अमेरिकाले खण्डन गरेन, बरु उसले आफ्ना विमानहरुले नियम न’तोडेको दाबी गरेको छ । यी दुई देशबीचको तनाव गम्भीर मोडमा पुग्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । किनभने गत महिनामा २ अमेरिकी ल’डाकु विमान संघाईबाट ७५ किलोमिटरको दुरीमा उडान भरिरहेका दृष्यहरु समेत देखिएका थिए ।

चीनले भन्यो– ‘यो कुनै फ्लाई जोन होइन’

चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वू किनले भने– ‘अमेरिकी नौसेनाका २ विमानले उत्तरी क्षेत्रमा अभ्यास गरिरहेको हाम्रो सेनाका बारेमा थुप्रै घण्टा (रेकर्ड) जासुसी गरेका छन् । यसले हाम्रो सैनिक प्र’शिक्षणलाई असर गरेको छ ।

अमेरिकाले दुई देशबीचको सम्झौता समेत उल्लंघन गरेको छ ।’ चिनिया सरकारी सञ्चारमाध्यामहरुले अमेरिकी सेनाको यो गतिविधिले सैन्य झ’ड’पको खतरा बढेको बताएका छन् ।

यो क्षेत्र कुनै फ्लाई जोन नभएको समेत चीनले बताएको छ । चिनियाँ सरकारी मिडियाले भनेका छन्– ‘अमेरिकाको यो हरकत निकै ख’तर’नाक छ । चीनको इलाकामा अमेरिकी सेना छि’रे सै’न्य झ’डप हुनसक्छ ।’

अमेरिकाले भने चिनियाँ आरोपको खण्डन गरेको छैन । सिएनएनसँगको कुराकानीमा युएस एयरफोर्सका एक अधिकारीले भने– ‘हामी आफ्नो नियममा बसेर काम गरिरहेका छौं ।

कसैको नियम तो’डे’का छैनौं । हामीले पहिले पनि हिन्द महासागर वरिपरि अप्रेसन गर्दै आएको थियौं । फेरि पनि अप्रेसन गरिरहन्छौं ।’ सैन्य विज्ञ कार्ल चेस्टरले भने– ‘म चिनियाँ दाबीलाई इ’न्कार गर्छु । युएस विमान चीनमा प्रवेश गर्न आवश्यक छैन । ती विमान र त्यहाँ कार्यरत प्राविधिकहरु यति उच्च प्राविधिक हुन् कि उनीहरुले निकै टाढाबाट सबै चीजको जानकारी प्राप्त गर्न सक्छन् ।’

अमेरिकाले त्यहाँ प्रयोग गरेको विमान यु–२ जासुस विमान हो । उक्त विमान पहिलोपटक सन् १९५० मा देखापरेको थियो । यी विमानले चिनियाँ क्षेत्रमा ७० हजार फिटमाथिबाट रेक’र्ड गरेको आरोप लागेको छ । थुप्रै घण्टा चिनियाँ आकाशमा बिताएपछि ती विमान हिन्द महासागरको आफ्नो आधार क्षेत्रमा फर्किएका थिए ।

Related Articles

Back to top button
Close