Lockdown News

प्रशासनको फेरि यस्तो निर्णय, अब हप्ताको दुई दिनमात्र कर्फ्यु लगाउने !

नेपालगन्ज । बाँकेमा अब हरेक हप्ताको दुई दिन निषेधाज्ञा गरिने निर्णय भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले हप्ताको दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले हप्ताको दुई दिन शुक्रबार र शनिबार ठप्प पार्ने निर्णय भएको बताए । ‘पाँच दिन सबै खुल्छन्, शुक्रबार र शनिबार हिँडडुलसहित बजार व्यवसाय सबै बन्द गर्छौं ।’

प्रमुख जिल्ला अधिकारीले भने, ‘हप्ताको दुई दिन मात्र बन्द गर्दा पनि स्थिति नियन्त्रणमा आउन सक्ने विश्वास लिएका छौं ।’ यो नियम अर्काे हप्तादेखि लागू गरिने छ । बाँकेमा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको छ ।

Related Articles

Back to top button
Close