News

हार्दिक बधाई: सशस्त्र प्रहरिको इन्स्पेक्टर पदमा नाम निकाल्न सफल पहिलो मधेशि महिला प्रतिभा पाल

जनकपुरधाम, भदौ १० : तस्वीरमा कपिलवस्तुकी सशस्त्र प्रतिभा पाल हुन उनी ।उनको तस्वीर अहिले तराई मधेशका व्यक्तिहरु फेसबुक सहितको समाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्् । कारण उनी सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षकमा सिफारिस हुन सफल भएकी हुन ।

तस्बिर सामाजिक सन्जाल बाट

मधेशी मुलकी महिला भएर सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक सम्म पुग्नु समेत अहिले मधेशका लागि शौभाग्य सावित भएको भन्दै उनको तस्वीर राखेर शुभकामना दिने क्रम जारी छ ।

सशस्त्र प्रहरी बल नेपाल भर्ना छनौट समितिले निकालेको नतिजामा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ की मधेशी महिला पालको नाम महिला तर्फबाट सिफरिस भएको छ ।

भदौ ८ गते निकालिएको नजिमा ३ जना महिलाको नाम सिफारिस हुदा मधेशीवाट प्रतिभाको नाम सिफारिस भएको हो । पाल हाल सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत छिन । उनी विगत एक वर्ष देखी प्रहरी निरीक्षक पदका लागि मेहनत र तयारी गर्दै आएकी थिइन ।

Related Articles

Back to top button
Close