NewsVideos

सुत्केरी आमा र बच्चाको पेटमा १३ दिनदेखि पानी समेत नपरेपछि रुदै मिडियामा ! अन्तिम अबस्थामा एलिजा पुगिन – भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ,पुरा हेर्नुहोला । काठमाडौँ, १२ भदौ । जनकपुरदेखि जयनगर सम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “को रोना म हामारीको स ङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले भन्नुभयो ।

अहिले भारतको विहारस्थित हाजिपुर स्टेसनमा राखिएको रेल को रोना भा इरस स ङ्क्रमणका कारण उत्पन्न अ वरोधले नेपाल आउन केही ढिलाइ भएको हो । रेल नेपाल र भारतबीच ‘क्रस बोर्डर’ चलाउनुपर्ने भएकाले दुवै मुलुकमा अहिले को रोना म हामारीको स ङ्क्रमण दर उच्च रहेको हुँदा तत्काल सञ्चालनमा आउन नसक्ने महाप्रबन्धक भट्टराईले स्पष्ट पार्नुभयो ।
यसैबीच भारतीय प्राविधिक र आर्थिक सहयोगमा निर्माण भएको जनकपुर–जयनगर रेल्वे लिक भारतले नेपाललाई हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सके भदौभित्र नत्र असोजभित्र भारतले नेपाललाई सो ट्र्याक हस्तान्तरण गर्नेछ ।‘‘रेल्वे लिक हस्तान्तरण गर्न अहिले दुवै मुलुकमा गृहकार्य भइरहेको छ’’ उहाँले भन्नुभयो, “उक्त रेल सेवा कसरी सञ्चालन गर्ने, सञ्चालन भएको कति अवधिसम्म त्यसको मर्मतसम्भार भारतले गर्ने लगायतका सर्त र सेवाको खाका दुवै मुलुकले तयार गरिरहेका छन् ।”

लिक हस्तान्तरण गर्न लिकमा देखिएका समस्या र चोरी भएका ‘रेल्वे क्लिप’ मर्मतका लागि भारतीय प्राविधिक टोली यसै हप्ता जनकपुर आइपुग्ने उहाँले बताउनुभयो । करिब पाँच हजार ‘रेल्वे क्लिप’ हराइरहेका छन् । क्लिपले रेलको लिकलाई स्थिर बनाएर राख्ने काम गर्छ ।
दुुई वर्षअघि २०७५ पुस २९ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुईवटा रेल खरिदका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को स्वीकृतिपछि रेल विभागले जीटूजी प्रक्रियाबाट भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुईवटा रेल किन्ने प्रक्रिया अगाडि बढाएको थियो । सो रकममध्ये २० प्रतिशत भुक्तानी भइसकेको छ भने बाँकी भुक्तानी रेलको परीक्षणपछि मात्र गरिने रेल्वे कम्पनीले जनाएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ।

Related Articles

Back to top button
Close