Educational News

ठप्प रहेको विद्यालय पठनपाठन अब सञ्चा`लनमा आउने, यस्तो छ मन्त्रालयको तयारी

काठमाडौं । करिब ६ महिनायता ठप्प्प` रहेको विद्यालय शि`क्षा पुनः सुचारु गर्नका लागि सरकारले वैकल्पिक शिक्षालाई मान्यता दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिकसत्रका लागि लागि अनलाइन तथा भर्चुअल कक्षालाई मान्यता दिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बिहीवार बसेको राष्ट्रिय पाठ्य`क्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले चालू शैक्षि कसत्रमा वैकल्पिक कक्षालाई मान्यता दिने निर्णय गरेको छ । सो बैठकले वैकल्पिक प्रणालीबाट वि`द्यार्थीको सहजीकरण नि`र्देशिका–२०७७ को विषयमा छलफल गरेको थियो ।

निर्देशिकामा कुनै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका रेडियो, एफ एम रेडियो र मोबाइल रेडियोमा पहुँच भएका, टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साध`नमा पहुँच भएका विद्यार्थी रहेको समूहमा वर्गीकरण गरी सोहीअनुसार पठनपाठन गर्ने उल्लेख छ ।

कोभिड(१९ का कारण लामो समयदेखि शिक्षण क्षेत्रमा समेत असर परेपछि चालु शैक्षिकसत्रमा दूर तथा खुला शिक्षा र वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट पढाउने तयारी भएको हो ।

निर्देशि`का पारित हुनुअघि नै प्या`ब्सन र एन प्याब्सन अन्तर्गत सबै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेका थिए । असारमा निर्देशिका आएपछि सबै विद्यालयले वैकल्पिक माध्यम बाट पठनपाठन शुरु गरेका थिए ।

मन्त्रालयले वैकल्पिक शिक्षालाई मान्यता दिएपछि अब सबै सामुदायिक विद्या`लयले अनला`इन, एफएम र रेडियो नेपाल वा स्थानीय टेलिभिजन बाट कक्षा शुरु गर्नुपर्नेछ । भौतिक उपस्थिति नभए पनि यो विधिलाई मान्यता दिने निर्णय भएको हो ।

Related Articles

Back to top button
Close