Corona (COVID-19) Updates

संक्रमण दर उकालो लाग्दै, काठमाडौं उपत्यकामा प्रत्येक घण्टा १० जनालाई संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिले सम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय पुगेको छ । संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झण्डै २ सय जना संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना सं क्रमण देखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Related Articles

Back to top button
Close