Corona (COVID-19) Updates

चीनले कोरोना खोपको मूल्य तोक्यो, कति पर्छ त मूल्य ?

चीनको सरकारी फर्मा कम्पनी सिनोफार्मले यसैबर्षको डिसेम्बरसम्ममा कोरोना खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य समेत तोकेको छ।

हाल परीक्षण जारी रहेको उक्त खोपबारे उत्साहजनक नतिजा फेला परेको अधिकारीहरुले बताएका छन्।

अहिले खोपको संयुक्त अरब ईमिरेट् (यूएई), पेरु र आर्जेन्टिनामा तेस्रो चरणको परीक्षण भइरहेको सिनोफर्माले जनाएको छ ।

अन्य देशमा पनि अन्तिम परीक्षण (फेज-३ ट्रायल)गर्ने तयारी छ। यसका लागि चीनले कोरोना संक्रमित धेरै भएका देश खोजिरहेको छ। किनभने, चीनमा परीक्षणका लागि कोरोना संक्रमितको संख्या पर्याप्त छैन।

तर, चीनले आफ्न सरकारी कर्मचारीहरू माथि खोपको गोप्य रुसपमा परीक्षण गरिरहेको पनि बताइएको छ।

यो परिक्षणपछि यही वर्षको डिसेम्बर सम्ममा बजारमा उपब्ध हुने कम्पनीको विश्वास छ।

सिनोफार्मले यसैबर्षको अन्तिम सम्ममा आउने भनिएको उक्त खोपको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

चीनमा भ्याक्सीनको मुल्यलाई लिएर विवाद भइरहेको छ।

यो मूल्य चीनका ग्रामीण भेगका आर्थीक अबस्था कमजोर भएका जनताका लागि महंगो हुने र उनीहरुले प्रयोग गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।

यद्यपी चीनमा पछिल्लो समय समुदाय स्तरमा संक्रमण न्युन हुँदै गएको पाइएको छ ।

कोरोनाभाइरस महामारी गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएर विश्वभरि फैलिएको हो।

अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोना विरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ। यसका लागि उसले निकै मिहिनेत र ठूलो लगानीका साथ काम गरिरहेको छ।-एजेन्सी

Related Articles

Back to top button
Close