Corona (COVID-19) Updates

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३ सय ७७ संक्रमित फेला

काठमाडौं उपत्यकामा वितेको २४ घन्टामा ३ सय ७७ जना संक्रमित फेला परेका छन् ।

यो संख्या अहिलेसम्मकै धेरै संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २ सय ७० जना भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जना संक्रमित फेला परेका हुन् ।

उपत्यकामा मात्रै यति ठूलो संख्यामा संक्रमित भेटिनुले कोरोनाको असर समुदायको भित्रि भित्रि कुनासम्म पुगेको प्रष्ट हुन्छ ।

स्थानीय प्रशासनले कोरोना संक्रमण बढेको भन्दा भाद्र १७ गते बेलुका १२ बजेसम्म निषेधाज्ञा घोषणा गरेपनि दैनिक ठूलो संख्यामा संक्रमित भेटिन थालेका छन् ।

Related Articles

Back to top button
Close