International News

२ सय अर्ब डलर सम्प`त्ति हुने वि`श्वको पहिलो व्यक्ति बने जेफ बेजोस

काठमाण्डाै – अमेजन कम्पनीका संस्था`पक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोसकाे कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँ`कडा पार गरेको छ ।ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्प`त्तिमा वृ`द्धि भएको हो र उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन् ।

कोरोना भाइरसको महामारीकै बीच बेजोसको सम्पत्ति उकालो लागेको हो । मानि`सहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमे`जन अझ नाफमा गएको हो ।

फो`र्ब्सका अनुसार अप्रिल २०२० मा उनको कुल सम्प`त्ति एक सय १३ अर्ब डलर थियो ।दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । फोब्र्सका अनुसार बुधबार गेट्स`को सम्पत्ति एक सय १६ दशमलव ०२ बि`लियन डलर छ ।

यसैबीच टेस्ला इंकको शेयरमा उछाल आएपछि कम्पनीका सं`स्थापक एलन मस्क`को सम्पत्ति एक सय एक अर्ब डलर भएको छ ।

त्यस्तै फेसबुकका संस्थापक मार्क जुकरबर्ग अगस्ट महिनाको सुरुमा नै सय अर्ब डलरको सूचीमा सामेल भएका थिए । बुधबार उनको सम्पत्तिमा आठ दशमलव पाँच अर्ब डलरले बढेको छ ।

Related Articles

Back to top button
Close