Economic News

लगातार घटिरहेको सुनको मूल्य आज एक्कासी बढ्यो ! कति पुग्यो ?

काठमाडौँ – गत हप्ता देखि घटिरहेको सुनको मूल्य आज उकालो लागेको छ। लगातार घटिरहेको सुनको मूल्य आज प्रतितोलामा ८ सय रुपैंयाले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ६ सय काटम भएको छ । बुधबार सुनको मूल्य रु ९६ हजार ८ सय थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय निर्धारण गरिएको छ ।

सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।

आज चाँदीको मूल्यपनि बढेको छ। आज प्रतितोला ३५ रुपैंयाले बढेपछि चाँदी प्रतितोला एक हजार ३ सय ४८ मा कारोबार भैरहेको छ।

Related Articles

Back to top button
Close