Lockdown News

आज बिहानदेखी यी ठाउमा लकडाउन खुकुलो गरिएको घोषणा, जोरबिजोर नियम भने सबैले पालना गर्नुपर्ने !

बाँकेको कोहलपुरमा जारी लकडाउन भोलिदेखि खुकुलो हुने भएको छ । आज कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोहलपुरमा जारी लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । स्वास्थ्य सम्बन्धि मा’पदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको ज’नाइएको छ ।

साउन ३२ गतेदेखि कोहलपुरमा लकडाउन गरिएको थियो । सर्वपक्षीय बैठकपछि कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा जारी गरिएको सूचना अनुसार आइतबार, बुधबार र शुक्रबार किराना पसल, मासु, भाँडावर्तन, तरकारी, फलफुल, साइकल, शोरुम, इलेक्ट्रोनिक्स, मोबाइल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाइनेछ ।

यसैगरी सोमबार, मंगलबार, बिहिबार र शनिबार कपडा, फेन्सी, जुत्ताचप्पल, क’स्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरिङ, सुन र गहनाका पसल तथा आइतबार, मंगलबार र बिहिबार बैंक तथा वित्तिय संस्थाहरु संचालनमा आउनेछन् ।

सर्वपक्षीय बैठकले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रे’ष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ । त्यसैगरी भोलिदेखि कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजी सबै सवारी साधनले जोरबिजोरको नियम पालना गर्नुपर्नेछ ।

कोहलपुरमा कोरोना संक्रमण जो’खिम उच्च रहेकाले यस अवधिमा सम्पूर्ण ब्यापारी तथा से’वाग्राहीहरुले अनिवार्यरुपमा मास्क, से’नीटाइजर प्रयोगसँगै सामाजिक दुरी लगायत स्वास्थ्य सम्बन्धि मा’पदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको ज’नाइएको छ ।

आइतबार, बुधबार र शुक्रबार किराना पसल, मासु, भाँडावर्तन, तरकारी, फलफुल, साइकल, शोरुम, इलेक्ट्रोनिक्स, मोबाइल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाइनेछ ।यसैगरी सोमबार, मंगलबार, बिहिबार र शनिबार कपडा, फेन्सी, जुत्ताचप्पल, क’स्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरिङ, सुन र गहनाका पसल तथा आइतबार, मंगलबार र बिहिबार बैंक तथा वित्तिय संस्थाहरु संचालनमा आउनेछन् !

त्यसैगरी भोलिदेखि कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजी सबै सवारी साधनले जोरबिजोरको नियम पालना गर्नुपर्नेछ । सामाजिक दुरी लगायत स्वास्थ्य सम्बन्धि मा’पदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको ज’नाइएको छ ।

Related Articles

Back to top button
Close