शंखरापुरमा थप तीन जना काेराेना संक्रमित
साँखु । शंखरापुर नगरपालिकामा फेरी तीन जना काेराेना संक्रमित थपिएका छन ।
पिपुल्स लाइफ कियर अस्पताल साँखुमा पि.सि.अार परिक्षण गराउँदा शंखरापुर नगरपालिका वडा नं. ६ मा बस्दै अाएका एकै परिवारका तीन जनामा काेराेना पाेजिटिभ देखिएकाे शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापागाइले जानकारी दिनु भएकाे छ । हाल उनीहरू हाेम अाइसुलेसनमा बसिरहेका बताइएकाे छ ।
पहिला १ जना पि.सि.अार परिक्षण गराउन अाउँदा पाेजिटिभ रिर्पाेट अाएपछि परिवारका अन्य २ सदस्यकाे पनि पि.सि.अार परिक्षण गर्दा उनीहरूकाे पनि रिर्पाेट पाेजिटिभ अाएका पिपुल्स लाइफ केयर अस्पताल साँखुका प्रमुख डा.राजन लुइटेलले बताउनु भयाे
याे संगै शंखरापुरमा काेराेना संक्रमितकाे संख्या २० पुगेकाे छ भने ६ जना निकाे भएर घर फर्कि सकेका छन । त्यसै गरि १ जना काेराेना संक्रमित किर्तिपुर अस्पतालबाट उपचारका क्रममा भागेका थिए । हाल १३ जना काेराेना संक्रमितहरू उपचारका क्रममा रहेका छन ।
शंखरापुर न्युजबाट