News

छोरी सडकमा ढलिन, सास गाएकि नातिनीलाई लिएर भागदौड गर्दै थिए हजुरबुवा (तस्विरसहित)

बनेपा- काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ( कर्फ्यू ) आदेश जारी गरेको छ। पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यू आदेश जारी भएको कार्यालयले जनाएको छ।

सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। ‘परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छौँ’, उनले भने।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री तीन वर्षिया छोरीसहित आमाको निधन भएको थियो। सडकमा दुर्घटना भएपछि मान्छेहरुको भिड लाग्यो, छोरी र नातिनीलाई लिएर छोरीको उपचार गराउन हिडेका बाबु घटना देखेर आतिएको भिडियोमा देख्न सकिन्छ । छोरीले बाटो का’ट्ने क्रममा टिप्परले ठक्कर दिएपछि आमा बचाउन पछिपछि दगुरिन तर उनले छोरीलाई बचाउन खोज्दै गर्दा आफु पनि टिप्परको तल परिन र घाइते भइन । छोरीको घटना स्थलमै निधन भयो भने आमा हस्पिटलमा पुगेको उपचारका क्रममा निधन भएको थियो ।

दुर्घटना पछि जुन दृश्य सडकमा देखिएको थियो त्यो दृश्य हेर्न जो कोहीलाई निकै मर्माहित तुल्याएको थियो । छोरीको उपचार गराउन हिडेका बाबुलाइ कस्तो भयो होला एउटा सडकमा ढ;लेकी छन् छोरी नातिनी हातमा लिएर यताउता गर्दै गरेका छन् । घटना घटेर केहि बेर हुँदा सम्म आमालाई कसैले उठाएको छैनन् उनलाई हस्पिटल लानु पर्यो भन्ने आवाज मात्र सुनिन्छ तर उनलाई उठाउने कोहि भएनन् ।दृश्य हेर्न नसकिने त्यो थियो जहाँ नातिनी लिएर हजुरबुवा यताउता जान खोज्दै थिए, नातिनीको सास चलेको थिएन भने छोरी सडकमा छ’टप’टी गर्दै थिइन् । ज्वाई पनि बिदेशमा भएको हुनाले छोरीलाई सहयोग गर्ने हिडेका थिए होला बिचारा बुवा तर आफ्नै आगाडी छोरि र नातिनीको ज्या’न ग’यो उनलाई कस्तो भयो होला यसको पिडा बयान गरेर साध्य नै नहोला ।

हुन त कतिपय घटना घटाउछु या गराउछु भनेर कसैले भन्दैनन् होला तर पनि पनौतीको घटनामा चालकभित्रको मानवीयता भने पत्त्क्कै देखिदैन । पनौती बसपार्क क्षेत्रको सडक अझै फराकोली बन्न सकेको छैन । यहि साँघुरो सडक भएर अविधानिक क्रसर उद्दोग निर्माण सामग्री लिन जाने र राजधानी फर्कने सयौ टिप्पर गुड्ने गर्छन ।जीवनमा लामो समय ड्राइभिङ गरेकाहरु मध्य थुप्रैको अनुभव छ कि सडकमा सर्प, कुकुर, समेत नमारेको । तर कमै टिप्पर चालक होलान जो दुर्घटनामा नपरेका र नपरेका । जहाँ साँघुरो सडक त्यहि तिब्र गतिमा टिप्पर चालकले चलाउने बानि परेका छन् त्यसैको एउटा परिणाम हो यो घटना ।

Related Articles

Back to top button
Close