Corona (COVID-19) Updates

नारायणीको पिसिआर ल्याबमा लापरवाही:स्वाब परिक्षण बिना नै रिर्पोट नेगेटिभ!!

बीरगन्ज, ९ भदौ – बीरगन्जस्थित नारायणी अस्पतालमा भएको चरम लापरवाही उदाङ्गो भएको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पिसिआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको पछिल्लो उदाहरण हो – एक व्यक्तिको स्वाब परिक्षण बिना नै रिर्पोट नेगेटिभ आउनु ।

“एक घर एक पिसिआर परिक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगन्ज महनगरपालिका वडा नं. २५ खल्वाटोला श्रीर्सिया पुगेको थियो । तर त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब दिएका थिएनन् । कारण, यदि संक्रमण पुष्टि भयो भने आइसोलेसनमा जानुपर्ने र त्यहाँ उपलब्ध हुने गुणस्तरहिन खाना र फितलो व्यवस्थापनका कारण भोग्नुपर्ने पिडा ।

अर्को, नारायणी अस्पतालले पिसिआर परिक्षणको दुई चार ओटा रिर्पोट फरक परेपछि त्यहाँका मानिसमा रिर्पोटको विश्वसनियता लिएर शंका उब्जेको थियो । किनभने नारायणीले पिसिआर परिक्षणको रिर्पोट दिएका एक/दुई व्यक्तिको नेगेटिभ रिर्पोट पोजेटिभ र पोजेटिभ रिर्पोट नेगेटिभ आएको समाचार स्थानीयहरुले सुनेका थिए ।

तर पनि मनमा विभिन्न शंका उप-शंका बाबजुद बीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजाराले पिसिआर परिक्षणका लागि आफ्नो स्वाब संकलन गराएका थिए । बीरगन्ज महानगरपालिकाको “एक घर एक पिसिआर परिक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मीको टोलीलाई आफ्नो स्वाब दिएका थिए । हजारासहित केहीले मात्र त्यो दिन स्वाब संकलन गराएका थिए । उनले स्वाब त संकलन गराए तर आफ्नो स्वाब संककित भाँडो भने आफुसँगै घर लिएर फर्केका थिए, कारण उहीं ।

स्वाबको भाँडो नै घर लिएर आएका हजारालाई के रिपोट आउने हो चिन्तै भएन । भाँडो नै घर लिएर आएपछि कुनै मतलब नै नगरी उनी आफ्नै दैनिकी गुजारिरहेका थिए । तर साउन २४ गते सार्वजनिक भएको नारायणी अस्पतालको पिसिआर परिक्षण रिर्पाेट अनुसार हजाराको रिर्पोट नेगेटिभ आयो ।

पिसिआर परिक्षणका लागि संकलन गराएको भाँडोसहितको स्वाब नै घर लिएर आएको परिक्षणको रिर्पोट नेगेटिभ आएपछि हजारा आश्चर्यमा परेका छन् । तर यसबारे उनले कसैलाई पनि भनेका थिएनन् । दैनिक मजदुरी गरेर खाने हजाराले रिर्पोट आएको केही हप्तापछि कार्यस्थलमा आफुभन्दा अलि जान्ने बुझ्ने एक व्यक्तिलाई नारायणीको यो लापरवाहीबारे सुनाए । ती व्यक्तिले उनको स्वाबको भाँडो र परिक्षण रिर्पोकको हार्ड कपी पनि हेरेपछि लापरवाहीबारे पुष्टि भयो ।

उनले फेसबुकमा फोटो राख्दै लेखेका छन्, “बीरगन्जको श्रीर्सिया वार्ड २५ मा एक घर एक पिसिआर परिक्षण गरिएको थियो । परिक्षण गरिने बेला राम अवतार हजराजी ले स्वाब परिक्षण नगराई स्वाबको डब्बा घर लिएर जानु भयो । तर केही दिन पछि रिर्पोटमा नेगेटिभ आउँछ । यस्तो किन र कसरी भयो ? के यहाँको ल्याबमा खेलवाड गरिदंैछ ? स्वाब संकलनमा खटिएका, डाक्टरहरूले किन यसतो गर्दैछन् । बिना परिक्षण को रिर्पाेट कसरी आयो । हामी डाक्टरहरूलाई भगवान मान्छौं । तर साच्ची कै मा भगवान रहेछन्, बिना परिक्षणकै रिपोट बनाउँदो रहेछन ।….यस्तो रिर्पाेट बनाउने माथि कारवाही हुनुपर्छ ।”

Related Articles

Back to top button
Close