भोलि भदौ १० गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस दैनिक राशिफल !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
गूढ़ तथा रहस्यमय विद्यामा रुचि बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। आध्यात्मिक सिद्धि मिल्ने योग छ। यात्रा गर्दा विशेष सावधान रहनुहोला। क्रोध तथा वाणीमा संयम राख्नुहोला। शत्रुसँग भने सावधान रहनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दाम्पत्य जीवन सुखमय रहनेछ। यात्राको योग बन्ने देखिन्छ। परिवार वा आफन्तसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। विदेशमा रहेका आफन्तबाट शुभ खबर मिल्नेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कार्यक्षेत्रमा विशेष सफलता मिल्ने सम्भावना छ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। अधुरा रहेका कार्य पूरा हुने देखिन्छ। क्रोध तथा वाणीमा संयम राख्नुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आकस्मिक खर्च हुनेछ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउनसक्छ। विपरित लिंगी प्रति आकर्षण बढ्नेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। पेट सम्बन्धि समस्याले सताउला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिवारमा मनमुटावको अवस्था सिर्जना हुनसक्छ। आमाको स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला। घर-जग्गा तथा वाहन खरिद-बिक्रिको लागि समय उत्तम छैन। कार्यक्षेत्रमा समय अनुकूल नरहला। यस दिन पानी र स्त्री वर्गबाट सम्हालिएर रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ। गूढ़ तथा आध्यात्मिक क्षेत्रमा सिद्धि मिल्ने सम्भावना छ। प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। भाई-बहिनीसँग आनन्दमय रूपले समय बित्नेछ।