Lockdown News

भर्खरै आ’कस्मिक बैठक बसि, सम्पुर्ण देशबासीहरुका लागि आयो महत्त्वपूर्ण सूचना !

काठमाडौं उपत्यकामा निषे धाज्ञा जारी भएपछि दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्न छुट गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आकस्मिक बसेको बैठककले निश्चित समय निर्धारण गरेर दैनिक उपभोग्य वस्तु किनबेच गर्न छुट दिइने निर्णय गरेको हो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारीका पसलहरु खोल्न दिने निर्णय गरेको छ । यो समय भित्र किराना पसल, दूध डेरी, तरकारी पसल, मासु पसल संचालन गर्न पाइने निर्ण भएको बिज्ञप्तिमा जनाइएको छ

तर यी क्रिया कलाप गर्दा अनिवार्य रूपमा सामाजिक दुररी कायम गर्दै मास्क सेनिटाइजर प्रयोग गर्नुपर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्ड पूरारूपमा पालना गर्नु पर्नेछ । त्यस्तै पानी, स्वास्थ्य सामग्री र औषधि निर्वाध रुपमा जुनैपनि समय किनबेच तथा ढुवानी गर्न सकिने बताइएको छ । काठमाडौं उपत्यकामा सरकारले भदौ ५ गतेदेखि १० गते राति १२ बजेसम्म निषेधा ज्ञा जारी गरेको छ निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकाल र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सूचना जारी गर्दै बिहान सवा ९ बजेसम्म मात्रै खाद्य पदार्थलगायतका अत्यावश्यक वस्तुको सूचीमा परेका सामग्रीको खरिद बिक्री गर्न पाइने जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनामा ‘अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुल्ला राख्न सकिने’ लेखिएको छ । त्यस्तै, ‘अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसलहरू बिहान ९ : १५ बजेसम्म खोल्न सकिने,’ सूचना जारी गरिएको छ ।

यसअघि निषेधाज्ञा कार्यन्वयन गर्न भन्दै प्रहरीले बिहान ७ बजेदेखि पसल बन्द गर्ने गरेको प्रति सर्वसाधारणले गुनसो गरेका थिए । आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक सूचना गरी अत्यावश्यक खाद्य वस्तु, माछा मासु र तरकारीको पसल खोल्न दिने जनाएको छ।

औषधि,पानी र स्वास्थ्य सामग्री विक्री वितरण जुनसुकै समयमा गर्न सकिन्छ,’ सूचनामा भनिएको छ,’ अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क,स्यानिटाइजरको प्रयोग प्रयोग गर्नुपर्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिनुपर्छ।‘

त्यसरी अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा अनिवार्य रूपमा स्वास्थ्य सचेतता अपनाउन पनि सूचनामा भनिएको छ । सरकारले जारी गरेको मापदण्ड पालना गरेर अत्यावश्यक सेवा प्रदान गर्न आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचाकार लागि उपत्यकाका तीनवटै जिल्लामा भदौ १० गतेसम्म निशेधाज्ञा जारी गरिएको छ ।

Related Articles

Back to top button
Close