Lockdown News

उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुँदै, फेरी एक हप्ता थप्न सक्ने सम्भावना

काठमाडौँ, ९ भदौ । उपत्यकाका तीन जिल्लामा जारी निषेधा`ज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ । बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्य`काको अवस्था`लाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ ।

समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जि`ल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञ थपिने सम्भावना अधिक छ । विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझाव समेत आएको छ ।

यसअघि साउन ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअ सहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिले सम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सोही बैठ`कले निषेधाज्ञ बारे उपयुक्त निर्णय लिनेछ । त्यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यबस्थापन केन्द्रमा आवश्यक छलफल गरी निर्णय लिइने छ । उक्त बैठक अहिले काठमा`डौँमा जारी छ । त्यसपछि तीनै जिल्लाको संयुक्त बैठक बस्ने जनाइएको छ ।

कोभिड–१९ सङ्क्र`मणको उच्च वृ`द्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यका सहित नेपा`लमा झ`ण्डै ५० जिल्लामा निषे`धाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । यस अबधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ ।

अत्या वश्यक सामग्री लगायत मालबाहक ढुवानीका सवारी साधान, स्वा`स्थ्य कर्मी तथा सुरक्षा निका`यले प्रयोग गर्ने सवारी बाहेक काठमाडौँ उप`त्यका भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । निषेधाज्ञाको समयमा पानी र औषधी जन्य साम`ग्रीका व्यवसाय चौवि`सै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्ध जन्य खाद्य पदार्थका व्यवसाय भने विहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडौँ प्रशा`सनले जनाएको छ ।

Related Articles

Back to top button
Close