EntertainmentVideos

अमेरिकी आइडलमा नेपालीको शिर उचोँ पार्ने दिवेसले दिए अर्को धमकेदार प्रस्तुती (भिडियो)

काठमाडौं–अमेरिकी आइडलमा दमदार प्रस्तुती दिएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को धमकेदार प्रस्तुती दिएका छन्। उनको प्रस्तुतीले जज र उपस्थित दर्शकहरुको मन जितेको छ ।अमेरिकन आइडलले आफ्नो आधिकारिक युटुब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देख्न सकिन्छ ।

जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् । उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै चमकदार र हिराजस्तै सुन्दर भएको बताएका छन् ।यसपछि उनले आफू गायकसहित गीत लेखक दुवैमा पर्ने बताए र दोस्रो प्रस्तुतीका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई जज र दर्शकहरुले उत्साहपूर्वक स्वागत गरेको देख्न सकिन्छ ।

नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरुलाई आश्चर्यमा पार्छन् ।यसरी प्रस्तुती पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनि उनलाई अझै गाइरहन भन्छन् ।जसकारण उनले थप केहीबेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको बताएका छन् ।

यता जजहरुले पनि दिबेसको प्रस्तुतीले विश्वचर्चित गायक बब मार्लीको याद दिलाएको भनि अन्तिमसम्म उनको प्रशंसा गरेका छन् । उनमा बब मार्लीको जस्तै ‘स्पिरिट’ भएको भन्दै उनीहरु उत्साहित भएका हुन् ।अमेरिकन आइडलको १८ औँ सिजनमा पुग्न सफल दिवेशले एक महिनाअघि दिएको प्रस्तुतीलाई जजसमेत रहेकी लोकप्रिय गायिका क्याटी पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्ने हौसला बढाइदिएकी थिइन् ।अर्का जज लुक ब्रायनले दिवेशलाई प्रतिभाशाली कलाकार भनेर तारिफ गरेका थिए ।भने जज लियोनल रिचीले आगामी यात्राको शुभकामना दिएका थिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँचवर्षदेखि बस्दै आएका छन् ।

Related Articles

Back to top button
Close