Economic News
आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौँ – आज सुनको मूल्य करिब २९ दिन यताकै कम विन्दुमा पुगेको छ। केहि महिना देखि लगातार बढेर उच्च विन्दुमा पुगेको सुनको मूल्य आज २९ दिन यताकै कम विन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार २ सय तोकिएको छ । सोमबारको तुलनामा यो ७ सय रुपैंयाले कम हो।
आजको सुनको मूल्य गत महिना साउन १२ गते यताकै कम मूल्य हो। त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ५ सय थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय निर्धारण गरिएको छ ।
आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। आज चाँदी प्रतितोला एक हजार ३ सय २० मा कारोबार भैरहेको छ।