News

विदेशबाट फर्किनेहरु अनिवार्य होटलमा बस्नु पर्दैन : पर्यटन मन्त्री भट्टराई

केहिदिन अगाडि विदेशबाट स्वदेश फर्किनेहरु एकहप्ता अनिवार्य होटलमा बस्न पर्ने भनिएको कुरालाई खण्डन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन ।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै उनले पीसीआर रिपोर्ट नेगेटिभहरु सिघै घर जान पाउने स्पष्ट पारेका हुन ।

कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईले बताए ।सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो ।

पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने मन्त्री भट्टराईको भनाइ छ ।

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले भने होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ ।अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको समेत दावी गरे ।मन्त्री भट्टराईले विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने पनि जानकारी दिए ।

Related Articles

Back to top button
Close