Corona (COVID-19) UpdatesInternational News

कर्फ्यूकाबीच नाइटक्लबमा पार्टी ! प्रहरी पुगेपछि भएको भागाभागमा १३ जनाको निधन, समातिए काहरुमा पनि को रोना पु ष्टि

कोरोना फैलिन नदिन लागू गरिएको कडाईका बीच पनि गरिएको पार्टीमा सहभावगीहरुलाई कोरोना पुष्टि भएको छ । पार्टी चलेको थाहा पाएर प्रहरी पुग्दा भएको भागाभागमा १३ जनाको निधन भएको छ । पेरुमा भएको घटनामा १३ जनाको निधन भएको हो । प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ । उनीहरुमा पनि कोरोना पुष्टि भएको छ ।

पक्राउ गर्न गर्नका प्रहरीमा पनि कोरोना परिक्षण गरिने भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु प्रहरी आएको थाहा पाएपछि भागाभाग गरेका थिए । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् ।

यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए । पक्राउ गर्न गएका प्रहरीको पनि कोरोना जाँच गरिनेछ ।

दक्षिण अमेरिकी देशहरुमा पेरु कोभिड–१९ बाट धेरै प्रभावित हुने देशहरु मध्ये पर्दछ । हालसम्म त्यहाँ ५ लाख ७६ हजार संक्रमित फेला परेका छन् भने हालसम्म २७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

देशमा गत मार्चदेखि रात्रिकालिन समयमा कर्फ्यू लागू गरिएको छ भने ठूला भेलाहरु प्रतिबन्ध गरिएको छ । यस्तो अवस्थामा पनि पार्टी आयोजना भएको भन्दै विरोध गरिएको छ ।

पेरुका गृहमन्त्रीका अनुसार करिब १२० जना उक्त गैरकानुनीरुपमा आयोजित जन्मदिनको पार्टीमा सहभागी थिए । घटनामा २० देखि ३० वर्ष उमेर समूहका ११ पुरुष र २ महिलाको निधन भएको छ ।

Related Articles

Back to top button
Close