भदौ १५ गतेसम्म थपियो लकडाउन
मकवानपुर / हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा आगामी १५ गतेसम्म यथावत रहने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (कमाण्ड पोष्ट) को आज बसेको बैठकले उक्त क्षेत्रमा आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्न जिल्ला सुरक्षा समितिमा सिफारीस गरेको हो ।
उक्त क्षेत्रमा जारी निषेधाज्ञा यथावत राख्न सिफारीस गरिएको कमाण्ड पोष्टका सल्लाहाकार एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
निषेधाज्ञा अहिलेकै अवस्थामा जारी रहने समेत उहाँले जानकारी दिनुभयो । संकलित स्वाब परीक्षणको नतिजा अझै नआईसकेको र कोरोनाको प्रभाव कस्तो छ भन्ने यकिन नभएका कारण उक्त क्षेत्रमा दोस्रो पटक निषेधाज्ञा थपिएको हो ।
गत साउन २६ गतेबाट हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका महेन्द्र राजमार्गको दाँया बाँया ५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञा ३२ गतेबाट थपेर भदौ ९ गते सम्म पुर्याइएको थियो ।
आजको बैठकबाट दोस्रो पटक आगामी १५ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।