Science & Tech News

मोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छ

काठमाडौं – मोबाइल हराएर भौतारिरहनु भएको छ । अब चिन्ता निलनोस् निवदेन दिएको भरमा तपाईको मोबाइल ७ दिनमा हात लाग्छ ।नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको हो ।

विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले २ बर्षदेखि यो सेवा जारी राखेको छ।मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोजिने गरेको छ ।

अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुन्छ ।

अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।मोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छमोबाइल हरायो ? निवेदन दिनोस्, सात दिनमा हात लाग्छ

Related Articles

Back to top button
Close