Lockdown News

गृह मन्त्रालयले कडा निर्देशनसहित भर्खरै जारी गर्यो यस्तो सूचना

काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीविरुद्ध दुर्व्यवहार भइरहेको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

गृहले त्यस्ता गतिविधीमा संलग्न हुनेलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको जनाएको छ। पछिल्लो समय स्वास्थ्यकर्मीका घरका छिमेकीले अभद्र व्यवहार गरेको र विरोध प्रदर्शन गरिरहेको समाचारहरु बाहिर आएपछि त्यस्ता गतिविधिको चर्को आलोचना भइरहेको छ।

स्वास्थ्यकर्मी बसेका ठाउँमा कोरोना संक्रमण फैलने भन्दै राजधानीको बानेश्वरमा स्थानीयले प्रदर्शन गरेका थिए।

Related Articles

Back to top button
Close