International News

सञ्जय दत्तको पहिलो चरणको उपचार भारतमै हुने, भने मेरा लागि प्रार्थना गरिदिनुहोस्

एजेन्सी । फोक्सोको क्यान्सरबाट ग्रसित बलिउड लोकप्रिय अभिनेता सञ्जय दत्तले क्यन्सरको उपचार भारतमा नै सुरु गरेका छन् । यसअघि तेस्रो चरणको अन्तिम अवस्थाको क्यान्सर भएको र थप उपचारका लागि अमेरिका जाने बताइएको भएता पनि अन्तत संजयले भारतको मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएर उपचार सुरु गरेका छन् ।

पतिलाई क्यान्सर भए लगत्तै दुबईबाट आकस्म्कि स्वदेश फर्किएकी पत्नि मान्यताले संजयलाई लिएर अस्पताल पुगेकी हुन् । अस्पतालमा संजयसँग पत्नि मान्यताका अलावा उनकी बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि सँगै थिए ।

सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट निस्किएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् । घरबाट निस्किनुअघि संजयले आफ्नो घरमा उपस्थित सबैलाई भने ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’

Related Articles

Back to top button
Close