Hot NewsVideos

आयो मुटु ह ल्लीने खबर,लि पुलेकमा चीनको दर्जनौ मि साइल,भारतको होस उढ़यो – भिडियो हेर्नुहोस

काठमाडाैँ, ७ भदाै । दुई देशको सीमा विवादलाई लिएर कैयौं ठाउँमा मु भेडको स्थि तिमा रहेको चीन र भारत बीच नेपालले आफ्नो भूमि दाबी गर्दै नक्सा मा समेत सार्वजनिक गरिसकेको लिपुलेकमा थप विवाद उत्पन्न भएको छ ।

लिपुलेकमा चीनले क्षेप्यास्त्र तैनाथ क्षेत्रका रूपमा विकसित गर्ने तयारीमा आवश्यक संरचनाको निर्माणकार्य शुरु गरेको सञ्चार माध्यमहरुले दाबी गरेका छन् । हालै प्राप्त स्याटलाइट तस्वीरले पनि उक्त दाबीलाई बल मिलेको बताइएको छ । लिपु लेक त्यही इलाका हो जसलाई लिएर भारत र नेपालबीच विवाद उत्कर्षमा पुगेको छ ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले जारी गरेको स्याटलाइट तस्वीरमा लिपुलेक नजिकै ट्राइ जंक्सन क्षेत्रमा चीनले सैनिक तैनाथ गरेको मात्र नभई क्षेप्यास्त्र तैनाथका लागि निर्माण कार्यको तयारी पनि भइरहेको देखिएको बताइएको छ ।

डेट्रेस्फाका अनुसार यस इलाकामा सय किलोमिटर जियोइन्ट स्क्यानिङ बाट पिपुल्स लिबरेसन आर्मी (पीएलए)को गतिविधि थाहा भएको हो । यहाँ जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रका लागि साइटको निर्माण मान सरोवर तालन जिकै भइरहेको छ ।

यहाँ चीनले सैनिक पनि तैनाथ गरिरहेको सञ्चार माध्यमले जनाएका छन् । यहाँ सन् २०२० मेदेखि संरचना र आवासका लागि तयारी भइरहेको छ । लिपुलेक इलाका नेपाल, भारत र चीनको सीमाको संगमस्थल हो । चीनले लिपुलेकमा आफ्नो सेना तैनाथ गरेको विज्ञहरुले बताएका थिए । चीनले एक बटालियन अर्थात् १ हजारभन्दा धेरै सैनिक जवान लिपुलेक नजिकै तैनाथ गरेको छ ।

Related Articles

Back to top button
Close