Corona (COVID-19) Updates

चितवनमा एक महिलाको कोरोना संक्रमण बाट मृ त्यु

चितवनमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिला रहेकी छिन् । उनको शनिवार साँझ भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । गएको साउन ३२ गते कलेजोसम्बन्धी उपचारका लागि ती महिला पुरानो मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । तर उनको मृत्युपछि शनिवार साँझ नै रिपोर्ट पोजेटिभ आएको हो

Related Articles

Back to top button
Close