News

कोरोना भाइरसबाट बच्न चैत पाँच गते देखि देशभरीका विद्यालय बन्द !

काठमाडौँ– विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संसारभर नै कोरोनाबाट बच्नका लागि उच्च सर्तकता अपनाउन थालिएको छ। यो सँगसँगै केही दिन अगाडि विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणासमेत गरिसकेको छ। काेराेना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमित देशहरुले विभिन्न संघ संस्थासँगै शिक्षण संस्थासमेत बन्द गरेका छन्। नेपालमा अहिलेसम्म एक जनामा मात्रै काेराेनाको संक्रमण देखिएकाे छ। चीनबाट फर्किएका उनी सञ्चाे भएर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म काेराेना भाइरसकाे संक्रमणकाे आशंकामा ४ सय ६४ जनाको नमूना परीक्षण गरिएकाेमा सबैकाे रिपाेर्ट नेगेटिभ आएकाे छ। तर विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको घोषणा गरेसँगै सरकारले देशभरका विद्य‌ालयहरुलाई कक्षा १ देखि ९ सम्मकाे परिक्षा चैत ५ गतेभित्र गराइसक्न निर्देशन दिएकाे छ। सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र सकेर एक महिनाका लागि विद्य‌ालय बिदा गर्न सम्पूर्ण विद्यालयलाई निर्देशन दिएपछि एसईई लगायतका धेरै जसो परीक्षा चैत र वैशाख महिनामा तय भएका छन्।

चैत ६ गतेबाट एसईई परीक्षा सुरु हुन लागेको छ। आइतबार राष्ट्रियसभामा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एसईईको परीक्षा भने चैत ६ गतेबाट सुरु हुने भनिए पनि कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्न सक्ने जानकारी गराएका छन्। तर यसको टुङ्गो लाग्ने भने अझै सकेको छैन।

सरकारले जमघट नगर्ने भने पनि त्रिभुवन विश्वविद्य‌ालयले चैत ७ गतेदेखि स्नातकोत्तर चौथो सेमेस्टर र चैत ९ गतेदेखि दोस्रो सेमेस्टरको परीक्षा सञ्चालन गर्न लागेकाे छ। त्रिभुवन विश्वविद्यालयले केही समयअघि सूचना जारी गर्दै परीक्षा ताेकिएकाे मितिमै हुने जनाएकाे थियाे।

Related Articles

Back to top button
Close