Religious

आज गणेश चतुर्थी: वि`घ्न`हर्ता भगवान् गणे`शको पूजा-आराधना गरी मना इने पर्व

काठमाडाैं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधि`कार प्राप्त गर्नु भएका विघ्न`हर्ता भगवान् गणेश`को पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल `विनायक, कमलादी लगायत देशभरका गणेश मन्दिरमा वि`शेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन । यसैले घरमै गणेशको पूजा आरा`धना ग`पर्ने छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बि`हान हरिता`लिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्या`ह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशा`स्त्रविद् गौतमले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समु`दायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालि`कालाई ‘छुस्या`मुस्या’ बाँड्ने चलन रहेको छ ।

विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलि पल्ट राजाधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु भएको छ । यस वर्ष भने कोरोनाबाट बच्न जारी निषेधाज्ञा र बन्दा बन्दीका कारण रथयात्रा स्थगित गरिएको जनाइएको छ ।

Related Articles

Back to top button
Close