Corona (COVID-19) Updates

नेपालीहरुका लागि आयो अहिलेसम्मकै दुखद खबर, यस्तो डरलाग्दो पुष्टि भएपछि देशैभर तरंग

काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले ठुलो महामारी लिने संकेत देखिएको छ । मंगलबार एकै दिन ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भसंगै देशभर नयाँ तरंग पैदा भएको छ । मंगलबार नेपालमा अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण बृद्धि समुदायस्तरमा कोरोना देखिएपछि परिणाम हो भन्दा अब भने फरक नपर्ला ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हाे । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ । यसअघि हिजो सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिला गरी तीन जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

यसअघि आइतबार २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए । यसअघि शनिबार कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । गत शुक्रबार थप ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । शुक्रबार मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको हो ।

यसअघि गत विहीबार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यसअघि गत बुधबार एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुष रहेका थिए ।

त्यस्तै गत मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।

धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको थियो । यसैगरी विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

Related Articles

Back to top button
Close